May 26th, 2022

संसदमा बैंक मर्जरको विषय : ‘सिमित बैंक तथा वित्तीय संस्था बनाउनुपर्छ’

बैंकिङ खबर/ संसदमा बैंक मर्जको विषय उठेको छ ।  प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले बैंकहरुको कारण विकासले गति लिन नसकेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उहाँले नेपालमा बैंकहरुको संख्या बढी भएकोले पूँजी छरिएको बताउनुभयो । एकत्रित हुनुपर्ने पूँजी छरिएर रहेकाले विकासले गति लिन नसकेको उहाँको भनाइ छ ।

पूँजी छर्न रोक्नका लागि बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु पर्ने उहाँको भनाई छ । ‘धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत गरि सिमित बैंकलाई बढावा दिनुपर्छ । छरिएर पूँजी एकत्रित गरिने छ । हाम्रो विकासको समस्या पूँजी कम भएर नभएको होइन । अत्यन्त छरिएर रहेको पूँजीको समस्या हो ।’

जर्मनिको बैंकको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘विश्वको छैटौ ठूलो अर्थतन्त्र भएको जर्मनीमा जम्मा ६ वटा बैंक छन् । हाम्रो देशमा यति धेरै बैंकहरु छन् । यी बैंकहरुले नै पूँजीले औधोगिकीकरण गर्न रोकिरहेका छ । बैंकहरुकै कारण आयातमुखी अर्थतन्त्रलाई बढावा दिएको छ । उत्पादनमुखी अर्थतन्त्रलाई यदासिनता देखाएको छ । त्यसकारण मर्जरमा गएर सिमित बैंक तथा वित्तीय संस्था बनाउनुपर्छ ।’


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]