Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

गरिमा विकास बैंकका ग्राहकहरुलाई ब्लुक्रस हस्पिटलमा विशेष छुट

२०७९ जेष्ठ १२ गते


बैंकिङ खबर/ गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरमा अवस्थित ब्लुक्रस हस्पिटलसँग हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता अनुरुप, ब्लुक्रस हस्पिटलले यस विकास बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्टाण्र्डड हेल्थप्याकेज र वार्षिक हेल्थ स्क्रिीनिङ्ग प्याकेजमा ४५ प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

साथै, अन्य स्वास्थ्य सेवाहरुमा पनि आर्कषक छुटको व्यवस्था गरेकोे छ । ग्राहकमहानुभावहरुले छुट सम्बन्धि विस्तृत जानकारी यस विकास बैंकको आधिकारीक वेवसाईट https://www.garimabank.com.np/   बाट पनि हेर्न सक्नुहुनेछ ।

हाल, यस विकास बैंकले नेपालभर ११९ शाखा कार्यालय, १ एक्स्टेन्सन कार्यालय एवं ५१ एटिएमबाट सरल, सुलभ तथा गुणस्तरीय बैकिङ्ग सेवा दिँदै आइरहेको छ ।

Ad