Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेञ्चुरी बैंकको डिबेन्चर सर्वसाधारणलाई बाँडफाँट

२०७९ जेष्ठ १० गते

बैंकिङ खबर/ सेञ्चुरी कमर्सियल बैंकको १० वर्षे अवधि तथा साढे १० प्रतिशत ब्याजदर भएको सेञ्चुरी डिबेन्चर २०८८ को सेयर बाँडफाँट भएको छ।  कम्पनीले अंकित मूल्य १ हजार रुपैयाँ प्रतिकित्ता दरले २२ हजार कित्ता डिबेन्चरमध्ये ६० प्रतिशत (१३ लाख २० हजार कित्ता) डिबेन्चर परिपत्र विधिबाट र ४० प्रतिशत (सामूहिक लगानी कोषलाई संरक्षित गरिएको ४४ हजार कित्ता समेत ८ लाख ८० हजार कित्ता) सर्वसाधारणमा बिक्रीका लागि जेठ ४ सम्म आवेदन खुल्ला गरेको थियो।

सर्वसाधारणमा निष्काशित ८ लाख ८० हजार कित्तामध्ये सामूहिक लगानी कोषबाट माग भई आएको १० हजार कित्ता डिबेन्चर कोषलाई बाँडफाँट गरिएको छ। बाँकी ८ लाख ७० हजार कित्ता डिबेन्चर सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुलला गर्दा सीआस्बा आवेदनबाट २२ सय ७२ जनाले ७८ हजार ७ सय ८५ कित्ता डिबेन्चरको आवेदन प्राप्त भएको थियो।

त्यसमध्ये १० जनाको ४१५ कित्ता डिबेन्चर रद्द गरी २२ सय ६२ जनालाई ७८ हजार ३ सय ७० कित्ता डिबेन्चर र परिपत्र विधिबाट बिक्रीको लागि छुट्याइएको १३ लाख २० हजार कित्ता डिबेन्चरमा सर्वसाधारणले ७ लाख ९१ हजार ६ सय ३० कित्ता माग गरेका थिए। सो समेत २१ लाख ११ हजार ६ सय ३० कित्ता डिबेन्चर परिपत्र विधिबाट बिक्री खुल्ला गरिएको थियो। त्यसमा मागअनुसार नै आवेदन परेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार सर्वसाधारण र परिपत्र विधिबाट रीतपूर्वक आएका आवेदकलाई २१ लाख ९० हजार कित्ता आज १० गते निष्काशक तथा बिक्री प्रबन्धकको रजिष्टर्ड कार्यालय नक्सालमा बाँडफाँट गरिएको हो।

Ad