Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

२०७९ जेष्ठ ८ गते


बैंकिङ खबर/ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विभिन्न संस्था तथा व्यक्तिको नाममा भएको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले एशियन डिष्ट्रिब्यूटर्स प्रा.लि., ग्लोबल टे्रडिङ्ग कन्सर्न प्रा.लि. र सुधन भट्राइको नाममा रहेको १ लाख ८० हजार ८६६ कित्ता सेयर बिक्री गर्न लागेको हो । 

जसमा एशियन डिष्ट्रिब्यूटर्सको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्नको २२ हजार २२८ कित्ता र भट्टराइको नाममा भएको १ लाख ५ हजार ४७४ कित्ता सेयर बिक्री गर्न लागिएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयर धनीले अबको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय बुटवलमा आवेदन दिन सक्नेछन् । उक्त सयम भित्र संस्थापकहरुबाट आवेदन नपरे अन्य योग्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने बैंकले जनाएको छ ।

Ad