Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस्ः विनोद चौधरी

२०७९ जेष्ठ ५ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सरकारले ल्याउन लागेको आगामी आर्थिक वर्षको बजेटले सेयर बजारमा नयाँ तरंग ल्याउनुपर्ने बताउनुभएको छ । सर्वसाधारणको करोडौं रकम फसेको भन्दै आगामी बजेटले सेयर लगानीकर्तामा नयाँ आयाम ल्याउनुपर्ने बताउनुभयो ।

“बजेटले सेयर बजारमा नयाँ तरंग ल्याओस् । पूँजी बजारमा धेरै नेपालीको लगानी डुबेको छ । एक तिहाई पूँजी पलायन भएको छ । बैंकमा तरलता अभावको कारणले ७ प्रतिशतको हाराहारीमा रहेको ब्याजदर १५ प्रतिशत पुग्न लागिसकेको छ,” उहाँले भन्नुभयो ।

संसदमा भइरहेको आगामी बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफलमा भाग लिँदै उहाँले सरकारी कोषमा रहेको ५०० अर्ब पैसा बजारमा पठाउन सक्नुपर्ने बताउनुभयो ।

Ad