Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी क्यापिटलको म्युचुल फण्ड जेठ १२ देखि निष्काशन

२०७९ जेष्ठ ३ गते

बैंकिङ खबर/ कुमारी क्यापिटलले यहि जेठ १२ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।

क्यापिटलले प्रति इकाई १० रुपैयाँको दरले १२ करोड इकाई निष्काशन गर्न लागेको हो । जस मध्ये न्युनतम १ करोड ८० लाख इकाई वा बिक्रि भएको १५ प्रतिशत इकाई कोष प्रबर्दक कुमारी बैंकको लागि छुट्याईएको छ । बाँकि रहेको १० करोड २० लाख इकाईको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिँदा न्युनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईको लागि आवेदन दिन सकिने छ । यस निष्काशनमा छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा जेठ २७ गतेसम्म आवेदन दिन सकिने छ ।

Ad