Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

२५ प्रतिशत हकप्रद जारी गर्न सिद्धार्थ बैंकले पायो राष्ट्र बैंकको स्विकृति

२०७३ आश्विन ३ गते

siddarthaसिद्धार्थ बैंकले २५ प्रतिशत अर्थात चार बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशनका लागि नेपाल राष्ट्र राष्ट्र बैंकबाट अन्तिम स्विकृति पाएको छ । गत साउन ६ गते धितोपत्र बोर्डमा हकप्रद निष्काशनका लागि आवेदन दिएको बैंकले आइतबार बोर्डबाट हकप्रद निष्काशनको स्वीकृति पाएको हो ।

सिद्धार्थ बैंकले आफ्ना शेयरधनीलाई ७५ करोड ५५ लाख रुपैयाँ बराबरका एक सय रुपैयाँ अंकित दरका ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । सेयर जारी गर्ने मिति भने तय भइनसकेको बताइएको छ । 

विजनेश युनिभर्सल डेभलपमेण्ट बैंकलाई गाभेको बैंकको हाल ३ अर्ब ३ करोड रुपैंया चुक्तापूँजी रहेको छ । हकप्रद निष्काशन पश्चात बैंकको पूँजी ३ अर्ब ८० करोड हाराहारी पुग्नेछ । बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।