Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सप्तकोशी डेभलपमेन्ट बैंकको बैंकिङ्ग सेवा अब आइतबार पनि

२०७९ बैशाख ३० गते


बैंकिङ खबर/ नेपाल सरकारले २०७९ साल जेष्ठ १ गतेदेखि लागू हुने गरि हप्तामा शनिबार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेसँगै मेनरोड विराटनगरमा कर्पोरेट कार्यालय रहेको सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै आइतबारपनि बैंकिङ्ग सेवाप्रदानगर्ने निर्णय गरेको छ । यस अन्तर्गत हाल बैंकले प्रदेश नं.१ म रहेका आफ्ना ३५ शाखाहरुमध्ये १३ शाखाहरु (मेनरोड विराटनगर, टंकीसुनवरी,इलाम, रंगेली, उर्लावारी, बिराटचोक, विर्तामोड, इटहरी, धरान, धनकुटा, बसन्तपुर,दमक र पुष्पलालचोक) वाट यहीजेष्ठ १ गते देखिनै सेवाप्रदान गर्ने छ र आगामी दिनमा बजारको आवश्यकता र गा्रहकको माग बमोजिम आइतबार संचालन हुने शाखा संख्या वढडाउंदै लैजाने नीति बैंकले लिएको छ ।

आइतबार संचालन हुने शाखाहरुमा बैंकले बिहान १० बजे देखि अपरान्ह २ बजे सम्म सेवा प्रदान गर्नेछ । यसरी सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरे पश्चात आइतबारपनि बैंकिङ्ग सेवादिने सप्तकोशी डेभलपमेन्ट बैंक नेपालका बैंकहरु भरमानै पहिलो बैंक रहेको समेत जानकारी गराएको छ ।

बैंकको यस थप सेवाले गा्रहकवर्गमा सुविधा पुग्न जाने र आइतबार संचालन हुने बजारलाई केही हदसम्म भएपनि बैंकिङ्ग आवश्यकताको परिपूर्ति हुने र बैंकको यस प्रकारको सेवाले बैंक र जनताबीचको सम्बन्ध र विश्वास अझ प्रगाढ हुँदै जाने तथा व्यवसाय विस्तारमा सहयोगीहुने बैंकले विश्वाश लिएको छ ।

बैंकले गा्रहक सुविधा विस्तार गर्दै लैजाने क्रममा चांडै नेपाल, भारत र भुटानमा समेत संचालनहुने तथा नेपालभर संचालनमा गा्रहकलाई कुनै पनि शुल्क नलाग्ने गरि वितरण समेत निःशुल्क गरिने गरि डेविट कार्ड जारी गर्दै छ भने थप सुविधाका साथदुई बचत योजना(शुन्य मौज्दातमै खाताखोलि डेविट कार्ड, स्मार्ट बैंकिङ्ग समेतनिशुल्कप्राप्तगर्न सकिने एक र अर्को गा्रहले बैंकमागई लाईन नबसी विशेष सेवाप्राप्तगर्न सक्ने लगायतथपविशेष सेवा सहितको भि.आई.पि. बचत खाता गरी दुई बचत खाताहरु) समेत संचालनगर्न लागेको समेत जानकारी गराएको छ ।

Ad