Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खातामा रकम नभएको चेक दिएर साढे १७ लाख ठगी

२०७९ बैशाख २९ गते

बैंकिङ खबर/ बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी झुक्याएर चेक दिएर १७ लाख भन्दा बढी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–७ घर भई हाल काठमाडौं नयाँबानेश्वर बस्ने वर्ष ३८ का रामहरि अधिकारी रहेका छन्।

उनले स्ट्याण्डर्ड चाटर्ड बैंक लिमिटेड नयाँबानेश्वर शाखामा रहेको आफ्नो खाताबाट रकम भुक्तान हुने भनी चेक दिएका थिए। सो चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले बैंकिङ कसुरका २ थान मुद्दामा यही वैशाख ४ गते फैसला गर्दै उनलाई पाँच दिन कैद र १७ लाख ४२ हजार रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित टोलीले बिहीबार शान्तिनगर,काठमाडौंबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

Ad