Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीमा ६ अर्ब निक्षेप थपियो, कर्जा लगानी घट्दो

२०७९ बैशाख २६ गते

बैंकिङ खबर/ पछिल्लो साता बैंकिङ प्रणालीमा निक्षेप थपिएको छ भने कर्जा प्रवाह घट्दै गएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार एक साताको अवधिमा ६ अर्ब निक्षेप थपिँदा कर्जा लगानी भने ४ अर्ब रुपैयाँले घटेको छ ।

संघका अनुसार वैशाख १६ गतेसम्म ४३ खर्ब ६७ अर्ब ५९ करोड रुपैयाँ रहेको निक्षेप २३ गतेसम्म आइपुग्दा बढेर ४३ खर्ब ७३ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ ।

वैशाखयता निरन्तर घटेको निक्षेप पछिल्लो साता भने करिब ६ अर्ब रुपैयाँले बढेको छ । यस्तै कर्जा प्रवाह भने यो साता घटेको छ । वैशाख १६ गतेसम्म ४१ खर्ब ९६ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

वैशाख २३ गतेसम्म आइपुग्दा कर्जा प्रवाह ४ अर्बले घटेर ४१ खर्ब ९३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ । संघका अनुसार कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) ९०.८१ प्रतिशत पुगेको छ ।

 

Ad