Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

विदेशमा रहेका नेपालीलाई छिट्टै आईपीओमा कोटा

२०७९ बैशाख २३ गते


बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले विदेशमा रहेका नेपाली श्रमिकहरुले साधारण शेयर (आईपीओ)मा कोटा पाउने बताउनुभएको छ । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा बोल्दै अध्यक्ष हमालले ‘विदेशमा रहेका नेपाली श्रमिकहरुलाई दुई महिनाभित्रै आईपीओमा कोटा दिने व्यवस्था गर्छौ । अहिले यसका लागि कार्यविधि बनाइरहेका छौं ।’

उहाँले सामाजिक सञ्जालका स–साना हल्लाले शेयर बजारमा उतारचढाव आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘शेयर बजार सहभागितामा साक्षरताको अभाव छ । सामाजिक सञ्जालका स–साना हल्लाले बजार उतारचढाव आउने गरेको छ ।’

अध्यक्ष हमालले बुक बिल्डिङलाई विश्वसनीय बनाएर कायान्वयन गरिने पनि बताउनुभयो । ‘रियल सेक्टरलाई शेयर बजारमा ल्याउन बुक बिल्डिङको विकल्प छैन । पुँजी बजारमा सेक्टरले डाइभर्सिटीका लागि बुक बिल्डिङलाई अघि बढाउनु पर्ने आवश्यकता रहेको छ । पुरानो घटनाले न्यारेटिभ स्थापित भयो । उचीत उदाहरणबाट बुक बिल्डिङ ठीक हो भन्ने स्थापित गराउनु छ ।’

Ad