Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुँजी बजार अर्थतन्त्रको ऐना होस्ः डेपुटी गभर्नर मिश्र

२०७९ बैशाख २३ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार अर्थतन्त्रको ऐना हुन नसकेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार आयोजना गरेको पुँजी बजार सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मिश्रले बजार कुन कुन क्षेत्रमा अपरिपक्व छ भनेर बुँदागत ब्याख्या गर्नुभएको थियो । उहाँले पुँजी बजार ’अर्थतन्त्रको ऐना होस्’ भन्दै शुभकामना दिनुभएको थियो ।

मिश्रले बजारमा ’टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताउनुभयो । उहाँले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताउनुभयो ।  मिश्रले ४४ खर्बमा पुगेको सेयर बजार ३१ खर्बमा पुगेको कारण पत्ता लगाउनुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा ५१ लाख लगानीकर्ता भनेपनि कतिजनाले आफैले निर्णय गरेर लगानी गर्छन्, त्यो महत्वपूर्ण कुरा हो ।’

राष्ट्र बैकले एनआरएनएलाई डलर खाता खोल्ने र डलरमा नै लैजान सक्ने अफर ल्याएको पनि उहाँले बताउनुभयो । उहाँले यसमा सहयोग गर्न पनि सबैलाई आग्रह गर्नुभयो ।