
बैंकिङ खबर/ मार्जिन कारोबार सुविधा कार्यान्वयनमा आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार नेप्सेका अनुसार मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि (प्रथम संशोधन)–२०७७ धितोपत्र बोर्डको निर्देशन पश्चात लागू भएको छ ।
दुई वर्षअघि नै उक्त कार्यविधि लागू भइसकेको थियो । तर लगानीकर्ता तथा धितोपत्र दलाल व्यवसायीहरुले यो व्यवहारिक भएन भन्दै पुनः संशोधन गरेर कार्यान्वयनमा ल्याइएको हो ।
मार्जिन कारोबार सुविधा अन्तर्गत कुनै लगानीकर्ताले तत्काल सेयर कारोबारका गर्न ब्रोकरकहाँ सेयर धितो राखेर कर्जा लिन सक्छन् । यो सुविधा अन्तर्गत बैंकको भन्दा केही महंगो ब्याजदर तोकिएको हुन्छ । यो अल्पकालीन कारोबारका लागि सहज भए पनि दीर्घकालीन कारोबारका लागि भने महंगो हुन जान्छ ।
कार्यविधिमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित सूचिकृत संगठित संस्थाको सेयरको १२० दिनको औषत मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सोको ३० प्रतिशतले हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रुपमा लिनुपर्नेछ ।
यस्तै मार्जिन कारोबार सुविधाको लागि सम्भार मार्जिक ९मेन्टिनेन्स मार्जिन० २० प्रतिशत हुने छ । मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन २० प्रतिशत भन्दा कम हुन आएमा सदस्य दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ ।
मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले मार्जिन कारोबार योग्य धितोपत्रहरु जम्मा गरी वास्तविक मार्जिन २० प्रतिशत भन्दा माथि कायम गर्नुपर्नेछ ।
हेर्नुहोस्