Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए दुई करोड ३६ लाखभन्दा बढी कित्ता सेयर 

admin २०७३ आश्विन २ गते
सेयर:

nepse1नेपाल स्टक एक्सचेन्जमा आइतबार दुई करोड ३६ लाख कित्ताभन्दा बढी सेयर सूचीकृत भएका छन् । एक करोड ५३ लाख पाँच हजार चार सय आठ कित्ता हकप्रद सेयर र ८३ लाख ७८ हजार नौ सय १९ कित्ता बोनस सेयर गरी कुल दुई करोड ३६ लाख ८४ हजार तीन सय २७ कित्ता सेयर सूचीकृत भएका हुन् । 

जसमध्ये, सानिमा बैंकको एक करोड ५१ लाख ३२ हजार नौ सय आठ कित्ता हकप्रद सेयर सूचीकृत भएको छ भने काक्रेविहार विकास बैंकको ५६ हजार नौ सय २५ कित्ता बोनस सेयर र एक लाख ७२ हजार पाँच सय कित्ता हकप्रद सेयर आइतबारदेखि नेप्सेमा सूचीकृत भएको छ । लुम्बिनी फाइनान्सको सात लाख ३५ हजार दुई सय ४४ कित्ता बोनस सेयरको कारोबार पनि आइतबारदेखि सुरु भएको छ । त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्सको पाँच लाख कित्ता बोनस सेयर, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४३ लाख ३५ हजार कित्ता बोनस सेयर, प्रुडेन्सियल इन्स्योरेन्सको तीन लाख २४ हजार कित्ता बोनस सेयर, प्रोफेसनल दियालो विकास बैंकको दुई लाख तीन हजार पाँच सय कित्ता बोनस सेयर र मिसन डेभलपमेन्ट बैंकको दुई लाख २४ हजार दुई सय ५० कित्ता बोनस सेयर पनि आइतबार नै नेप्सेमा सूचीकृत भएका छन् ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।