Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

शंकास्पद कारोबारको सूक्ष्म अध्ययन गर्दै राष्ट्र बैंक

२०७९ बैशाख १८ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको जनाएको छ । राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको छ ।

राष्ट्र बैंकका अनुसार सो अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व ६० अर्ब ५७ करोड ३४ लाख रुपैयाँ रहेको जनाउँदै हालसम्म २९ अर्ब २४ करोड ६७ लाख रुपैयाँ बराबरको आन्तरिक ऋण भुक्तानी गरेको जनाएको छ ।

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको राष्ट्र बैंकले जनाएको छ ।