Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गैह्र कानूनी कार्यमा नासा इन्भेष्टमेन्ट, तत्काल बन्द गर्न निर्देशन

२०७९ बैशाख १६ गते


बैंकिङ खबर/ धितोपत्र बोर्डले नासा इन्भेष्टमेन्ट प्रा.लिलाई तत्काल बन्द गर्न निर्देशन दिएको छ । कम्पनीले प्रदेश १ को विराटनगर–५ भृकुटी चोकमा बोर्डबाट अनुमति नलिइ डिम्याट खाता, मेरो सेयर, ब्रोकर खाता (टीएमएस) का सहजिकरण गर्ने सेयर बजारको पोर्ट फोलियो म्यानेजमेन्ट गर्ने, दोस्रो बजारमा खरिद बिक्री सम्बन्धी परामर्श दिने गरेको पाइएको छ ।

उक्त कार्य तत्काल बन्द गर्न बोर्डले आग्रह गरेको छ । उक्त कार्य तत्काल बन्द नगरे धितोपत्र सम्बन्धी कानून बमोजिम कारबाही गर्ने बोर्डले जनाएको छ ।

Ad