२०७३ आश्विन २ गते

राष्ट्र बैंकले जारी गर्यो झन्डै १० अर्बको ट्रेजरी बिल

nepal-rastra-bank photoनेपाल राष्ट्र बैंकअन्तर्गत राष्ट्र ऋण व्यवस्थापन विभागले झन्डै १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको छ । विभागले आइतबार दिउँसो ३ बजे अनलाइन बिडिङ सिस्टममार्फत कुल नौ अर्ब ९१ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको हो । राष्ट्र बैंकले नेपाल सरकारका लागि आन्तरिक ऋण जुटाउन उक्त ट्रेजरी बिल विक्रि गरेको हो । 

राष्ट्र बैकले ९१ दिने अवधिको आठ अर्ब २३ करोड रुपैयाँ, १८२ दिने अवधिको ५० करोड रुपैयाँ र ३६४ दिने अवधिको एक अर्ब १८ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल विक्रि गरेको जनाएको छ । राष्ट्र बैंकका अनुसार, ९१ दिने अवधिको ट्रेजरी बिल आगामी पुस ५ गने, १८२ दिने अवधिको आगामी चैत्र ८ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल ०७४ असोज ३ गते परिपक्व हुनेछ ।