Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्र बोर्डको नयाँ व्यवस्था : मर्चेन्ट बैंकमा पनि सर्वसाधारणको लगानी 

admin २०७३ आश्विन २ गते
सेयर:

dhitopatraमर्चेन्ट बैंकहरुमा पनि सर्वसाधारणको लगानी भित्र्याउन नेपाल धितोपत्र बोर्डले नयाँ व्यवस्था लागू गर्ने भएको छ । बोर्डले मर्चेन्ट बैंकलाई पनि अनिवार्य सार्वजनिक निष्काशन (आईपीओ) गराउने तयारी थालेको हो । नेपाल धितोपत्र बोर्डले अनुमति दिएका मर्चेन्ट बैंकलाई साधारण सेयर निष्कासश गर्न निर्देशकसमेत दिन सक्ने अधिकारलाई प्रयोग गर्दै बोर्डले अनिवार्य आईपीओ निष्काशन गर्न लगाउने तयारी गरेको हो । हाल मर्चेन्ट बैंकले चाहेको खण्डमा मात्र साधारण सेयर निष्काशन हुने व्यवस्थालाई संशोधन गरी बोर्डले अनिवार्य रूपमा साधारण सेयर जारी गराउने भएको हो । हाल नेपालमा १७ वटा मर्चेन्ट बैंक सञ्चालनमा छन् । 

धितोपत्र दर्ता तथा निष्काशन नियमावलीअनुसार पब्लिक कम्पनीले साधारणमा सेयर निष्काशन गर्ने भए जारी पुँजीको ३० प्रतिशत आईपीओ गर्नुपर्छ । मर्चेन्ट बैंक नियमावली ०६४ अनुसार मर्चेन्ट बैंकिङ व्यवसायको स्वच्छ सञ्चालनका लागि बोर्डले अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकलाई आवश्यकताअनुसार धितोपत्रको सार्वजनिक निष्काशन गर्नुपर्ने प्रतिशत तथा सार्वजनिक निष्काशन गर्नुपर्ने समयावधिसमेत तोकी सार्वजनिक निष्काशन गर्न निर्देशन दिन सक्ने व्यवस्था छ । मर्चेन्ट बैंकको काम गर्ने कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापक र धितोपत्र प्रत्याभूतिको काम गर्छन् । यी सबै काम गर्ने मर्चेन्ट बैंकको न्यूनतम चुक्ता पुँजी ७ करोड हुनुपर्छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।