Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकले पायो ‘ए’ रेटिङ

२०७९ बैशाख १४ गते

बैंकिङ खबर/ एनएमबि बैंकले विगतको स्तर सुधार गर्दै ‘ए’ रेटिङ पाएको छ। यो रेटिङ पाउने संस्था समयमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र न्यून कर्जा जोखिम रहन्छ। इक्रा नेपालले बैंकलाई ‘ए’ रेटिङ दिएको हो।

विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्ति सकारात्मक प्रभाव, कर्जा गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जाल लगायत कारणले यो रेटिङ पाएको बैंकको जिकिर छ।

कोभिडका कारण देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहँदा समेत बैंकको परिसूचकमा देखिएको सुधारले स्तर वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

Ad