Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेरुडे लघुवित्तमा सेयर छ ? तपाईँले छिटै पाउनुहुनेछ २० प्रतिशत बोनस सेयर

२०७३ आश्विन १ गते
सेयर:

nerudeनेरुडे लघुवित्त विकास बैंकले आफ्ना लगानीकर्तालाई ३० प्रतिशत लाभांश दिने भएको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरि ३० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकले स्वीकृति तथा आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी १८ करोड रुपैयाँ रहेको छ । बोनस सेयर पश्चात बैंकको चुक्ता पूँजी २१ करोड ६० लाख रुपैयाँ पुग्ने छ । अघिल्लो बर्ष बैंकले ४४ प्रतिशत बोनश वितरण गरेको थियो । लघुवित्तले १९ जिल्लाका ४९ कार्यालय मार्फत ८० हजार ९ सय १५ महिला सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।