२०७३ आश्विन १ गते

चुक्तपुँजी नजिक पुग्यो सिन्धु विकास बैंक : बोनस पुँजीकरणपछि ८० प्रतिशत हकप्रद

sindhuसिन्धु विकास बैंकले १० कित्ता बराबर ८ कित्ता अर्थात ८० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको भदौ २९ मा बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । नियामक निकायले निष्काशनको लागि अनुमति दिएपछि बैंकले हकप्रद जारी गर्नेछ । बैंकले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको १६ दशमलब ८ प्रतिशत बोनस शेयर पूँजीकरण भएपश्चात ८० प्रतिशत हकप्रद जारी गर्ने प्रष्ट पारेको छ । 

राष्ट्र बैंकको निर्देशनअनुसार तीनजिल्ले विकास बैंकले ०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । हाल बैंकको १२ करोड ९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको सिन्धु विकासको हालै जारी गरेको शतप्रतिशत हकप्रद समायोजन गर्दा चुक्ता पुँजी २४ करोड १८ लाख रुपैयाँ पूग्छ । त्यसमा प्रस्तावित बोनश जोड्दा २८ करोडको हाराहारीमा पूँँजी पुग्नेछ । त्यसपछि जारी ८० प्रतिशत हकप्रद पूँजी जारी गरेपछि बैंकको पूँजी ५० करोड रुपैयाँ नाघ्नेछ ।