
बैंकिङ खबर/ अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ निष्कासनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) बुधबार कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आइपीओ निष्कासनको अनुमति दिएको हो।
सेबोनको अनुमतिसँगै यो कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० अंकित दरका कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।