
बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले अत्तरीया शाखा अन्तर्गत शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । कैलाली जिल्ला गौरीगंगा नगरपालिकाको बनबेहडा बजारमा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो ।
शाखारहित बैंकिङ्ग सेवा केन्द्रमार्फत ग्रामिण क्षेत्रका जनताले सहज रुपमा आधारभुत बैंकिङ्ग सेवा प्राप्त गर्ने, वित्तीय पहुँच विस्तार र डिजिटल बैंकिङलाई प्रवद्र्घन गरिने बैंकले जनाएको छ ।
कुमारी बैंकले देशैभरी १९८ शाखा, १७७ एटिएम, ४३ शाखारहित बैंकिङ सेवा केन्द्र तथा १६ वटा विस्तारित काउन्टरमार्फत बैंकिङ सेवा दिइरहेको छ ।