Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

असार मसान्तसम्म भुक्तानी सन्तुलन बचतमा जाने राष्ट्र बैंकको प्रक्षेपण

२०७९ बैशाख ४ गते


बैंकिङ खबर/ चालु आर्थिक वर्षको असार मसान्तसम्म मुलुकको भुक्तानी सन्तुलन बचतमा जाने नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेको छ । आयात निरुत्साहनका लागि चालिएका कदमहरु फलदायी देखिएको भन्दै केन्द्रीय बैंकले यस्तो प्रक्षेपण गरेको हो ।
आयात निरुत्साहन र विदेशी मुद्रा सञ्चिति बढाउने सम्बन्धी अर्थमन्त्री जनार्दन शर्मा अध्यक्षताको चौथो बैठकमा केन्द्रीय बैंकले आइतबार यस्तो ब्रिफिङ गरेको हो ।
भुक्तानी सन्तुलन बिग्रनुमा चालु आवको सुरुवाती महिनामा रहेको कम ब्याजदर पनि प्रमुख कारण भएको राष्ट्र बैकका अधिकारीहरुले बताएका थिए । कम्तीमा ६ प्रतिशतसम्म ब्याजमा नगद पाएपछि मौज्दातका लागि धेरै वस्तु आयात भएको अध्ययनमा पाइएको पनि केन्द्रीय बैंकले प्रष्ट्याएको थियो ।

अर्थ मन्त्रीको अध्यक्षतामा बसेको बैठकमा कामु गर्भनर निलम ढुंगाना, डेपुटी गर्भनर बमबहादुर मिश्र र विदेशी विनिमय विभाग प्रमुख डा.रामु पौडेलको टोलीले सहभागी थियो । यस्तै अर्थमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार, वाणिज्य सचिव, आन्तरिक राजश्व र भन्सार विभागका महानिर्देशक लगायतको सहभागीता थियो ।