Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंक लुम्बिनी प्रदेशको ऐतिहासिक हेरिटेज वाक

२०७९ बैशाख ४ गते
 
बैंकिङ खबर/ एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशले सम्पदा यात्रा(हेरिटेज वाक)-२०२२ कार्यक्रम सप्पन्न गरेको छ । बिश्व सम्पदा दिवस -२०२२को अवसरमा  एनएमएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेशका शाखाहरुका कर्मचारीको सहभागीमा हेरिटेज वाक कार्यक्रम सम्पन्न  गरेको हो ।
करिब १५० जना कर्मचारीको सहभागीता रहेको कार्यक्रममा सहभागीले सम्पदा संरक्षण गरौ, सम्पदा जोगाऔ लगायतका नाराहरु रहेका प्लेकार्डहरु बोकेका थिए । बुटवल ट्राफिकचोक स्थित एनएमबि बैकको कार्यालयबाट  शुरु भएको पदयात्रा बुटवलको राममन्दिर लाइन, अमरपथ, हाटबजार, पुलचोक, पारी बुटवल(पुरानो बुटवल) हुँदै ऐतिहासिक किल्ला जितगढीमा गएर बिसर्जन  भएको थियो ।
 
कार्यक्रममा बोल्दै एनएमबि  बैंक लिमिटेड लुम्बिनी प्रदेशका प्रमुख नबिन बिष्टले एनएमबि बैंकले २०११ देखि सम्पदा संरक्षण सम्बन्धि सचेतना जगाउने, सम्पदा संरक्षण गर्ने र नयाँ पुस्तामा सम्पदाको महत्त्व एवं जानकारी गराउने उदेश्यले हेरिटेज वाक कार्यक्रम गर्दै आएको र तदअनुरुप आफुहरुले पदयात्रा  कार्यक्रम गरेको जानकारी दिनुभयो । उहाँले  प्राकृतिक सम्पदा, मानवनिर्मित सम्पदा र परम्परागत सँस्कृतिलाई महत्व दिँदै तिनाउ नदिको तटमा अबस्थित ऐतिहासिक  जितगढि किल्लामा मौलिक बाजागाँजाको साथमा पदयात्रा गरिएको बताउनुभयो । कार्यक्रममा एनएमबि बैंकले जितगढि संरक्षण समितिलाइ डस्टबिन, नेपालको राष्ट्रिय झन्डा, ऐतिहासिक दृश्य झल्काउने फोटोफ्रेम( तस्वीरहरु) र मायाको चिनो हस्तान्तरण गरेको थियो ।
 
कार्यक्रममा प्रदेश कार्यालयका जोखिम प्रबन्धक कमल न्यौपाने, क्षेत्रीय प्रबन्धकहरु युवराज पाठक, प्रभात सिंह खाती, संचालक प्रबन्धक सुन्दर थापा लगायत लुम्बिनी प्रदेशका शाखाका प्रबन्धक एवं कर्मचारीहरुको सहभागीता रहेको थियो । एनएमबि बैंकले २०१७,२०१८, २०१९, २०२१ मा बैंक अफ द इयर नेपाल  तथा नेपालका बैंकहरुबाट पहिलोपटक २०२१ मा बैंक अफ द इयर  एसियाको उपाधी चुम्न सफल भएको थियो ।
Ad