Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल फाईनान्सको २९ औं वार्षिक साधाणसभा सम्पन्न, ५ सञ्चालक निर्विरोध

२०७९ बैशाख ३ गते

 

बैंकिङ खबर/ २०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनी नेपाल फाईनान्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।

साधारण सभामा आगामी ४ बर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने १ (एक) जना संचालक निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थापक समूहबाट निर्वाचित संचालकहरुमा हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट संचालक लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को बार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

संस्थाका हाल देशका विभिन्न स्थानहरुमा रहेका १० वटा शाखा कार्यालय र काठमाण्डौको कालीमाटी र कान्तिपथ एक्सेन्टेन्सन काउण्टर मार्फत अत्याधुनिक वित्तीय सेवाहरु जस्तैः मोवाइल बैकिङ्ग, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, एटीएम, कर्पोरेट पे आदिबाट आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेको छ भने संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिँदै लगिएको जनाएको छ ।

Ad