April 15th, 2022

कर्जाको ब्याजदर १८ प्रतिशत पुग्यो, निक्षेपको बढेन, कुन बैंकको कति(सूचीसहित)

बैंकिङ खबर/ वाणिज्य बैंकहरूको कर्जामा लगाउने ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको छ। बैंकहरूले वैशाखका लागि सार्वजनिक गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार ब्याजदर अधिकतम १८ प्रतिशतसम्म पुगेको हो। अधिकांश बैंकको पुँजी लागतसहित गणना हुने आधार ब्याजदर करिब १० प्रतिशत हाराहारी पुगेको छ। बैंकहरूले आधारदरमा ५ देखि ८ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने भएका हुन्। बैंकहरूले स्थिर दरमा जारी गर्ने कर्जाको ब्याजदर ११.७५ प्रतिशतदेखि करिब १७ प्रतिशतसम्म तोकेका छन्।

परिवर्तित ब्याजदरका आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट सबभन्दा कम ब्याजदरमा कर्जा पाइने भएको छ। माछापुच्छ्रे, नेपाल एसबिआई लगायत बैंकहरूले उच्च ब्याजदर तोकेका छन् । स्थिर ब्याजदरका आधारमा सबभन्दा कम कुमारी बैंकको छ भने सिभिल बैंकको ब्याजदर सबभन्दा उच्च छ।

बढेन निक्षेपको ब्याजदर

बैंकहरूले मुद्दति निक्षेपको ब्याजदर भने बढाएका छैनन्। बैंकहरूले मुद्दति निक्षेपमा अधिकतम ११.३ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गर्दै आएका छन्। जुन चैत महिनाकै व्याजदर हो । यस्तै बैंकहरुले रेमिट्यान्स खातामा भने १२.३ प्रतिशतसम्म ब्याजदर दिइरहेका छन्।

बैंक

आधार दर

प्रिमियम

स्थिर कर्जा अधिकतम ब्याजदर

सिटिजन्स बैंक

.६९

१४.६९

१२

कुमारी बैंक

.६९

१५.१९

११.७५

नेपाल इन्भेष्टमेन्ट बैंक

.१६

१४.१६

 

ग्लोबल आइएमइ बैंक

.०१

१५.०१

१४

लक्ष्मी बैंक

.

१५.

१४.९९

माछापुच्छ्रे बैंक

.३१

१६.८१

१५

एनआइसी एसिया बैंक

.४४

१५.४४

१३.८९

बिओके

.

१६.

१४.४८

नेपाल बैंक

.९२

११.०८

१३.९३

राष्ट्रिय वाणिज्य बैंक

.१४

११.१४

१२

एनएमबी

.०७

१५.०७

१५.०७

सनराइज बैंक

.

१६.

१४.

नेपाल एसबिआइ

.६९

१६.६९

१५.

एभरेष्ट बैंक

.५९

१५.५९

१५

सिभिल बैंक

.७८

१७.७८

१६.७८

एनबिबी

.११

१४.११

१२.९९

सानिमा बैंक

.७५

१५.७५

१५.

प्रभु बैंक

.७९

१५.७९

१४.९९

हिमालयन बैंक

.६६

१५.६६

१३.९९

एनसिसी बैंक

.३१

१६.३१

१३.२९

स्ट्यान्डर्ड चार्टर्ड बैंक

.४१

१२.४१

१२.७५

नबिल बैंक

.३९

१४.३९

१४.९९

मेगा बैंक

.५४

१६.५४

 

सेञ्चुरी कमर्सियल बैंक

.३८

१५.३८

१२.९९

सिद्धार्थ बैंक

.३८

१५.३८

१४

प्राइम कमर्सियल बैंक

.९८

१५.९७

१४

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]