Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकको ८ महिनाको प्रतिवेदनः २ खर्ब ५८ अर्बले शोधानान्तर घाटामा(पूर्णपाठ)

२०७८ चैत्र २९ गते

बैंकिङ खबर/ नेपालको शोधनान्तर घाटा २ सय ५८ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ८ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन अनुसार शोधनान्तर घाटा २ सय ५८ अर्ब ६४ करोड रुपैयाँ पुगेको हो ।

चालु आर्थिक वर्षको शुरुवातदेखि नै दबाबमा रहेको बाह्य क्षेत्रको घाटा फागुनसम्म आइपुग्दा ११ सय ६० अर्व भन्दा पनि नाघेको छ । तथ्यांक अनुसार चालु आर्थिक वर्ष पहिलो श्रावण महिनामा ३८.७५ अर्ब रुपियाँले नकारात्मक रहेको शोधनान्तर घाटा भदौ ८३.४१ अर्ब पुगेको थियो । असोज महिनामा ७६.१३ अर्ब रुपैयाँ पुगेपछि अब अर्थतन्त्र ट्रायकमा आएको हो भन्ने अड्कन गर्न नपाउँदै कार्तिक महिनाको तथ्यांक आउँदा शोधनान्तर स्थिति १५०.३८ अर्बले नकारात्मक भएको देखायो ।