Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बलेफी हाइड्रोपावरको सेयर बाँडफाँट, उपकारको आवेदनको म्याद थप

२०७८ चैत्र २९ गते


बैंकिङ खबर/ बलेफी हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्कासनमा ल्याएको सेयर बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा मंगलबार बिहान सेयर बाँडफाँट गरिएको हो ।

आईपीओमा कुल २१ लाख ७१ हजार ७ सय ४० जनाले २ करोड ४४ लाख ७४० कित्ताको लागि आवेदन दिएका थिए। त्यसमध्ये ३ हजार ६४० जनाको आवेदन रद्द भएका छन् । कम्पनीको सेयरमा मागभन्दा बढी आवेदन परेकाले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाअनुसार बाँडफाँट भएको छ। त्यस अनुसार योग्य आवेदकहरुमध्ये गोलाप्रथाबाट न्यूनतम १० कित्ताको दरले शेयर वितरण गर्दा १ लाख ६६ हजार ३४५ जनाले सेयर पाएका छन्।

भाग्यमानी तीन जनाले भने ११ कित्तासम्म सेयर पाएका विक्री प्रबन्धकले जनाएको छ। कम्पनीले चैत १६ देखि १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता शेयर निष्कासन गरेकोे थियो। त्यसमध्ये ७३ हजार ११९ कित्ता सेयर कर्मचारीका लागि र १ लाख ९१ हजार ३९८ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने १६ लाख ६३ हजार ४५३ कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको हो।

यसैबीच उपकार लघुवित्त वित्तीय संस्थाको आइपीओमा आवेदन दिने समय एक दिन थप भएको छ । चैत २७ गते राम नवमी पर्वको सार्वजनिक विदा दिएकोले आइपीओमा आवेदन दिने समय एक दिन थप भएको हो । त्यस अनुसार लघुवित्तको आइपीओमा भोली चैत ३० गते बुधबारसम्म आवेदन दिन सकिनेछ ।

Ad