Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्पर्धा र तरलता संकट !

२०७८ चैत्र २७ गते

बैंकिङ खबर/ पूर्वअर्थमन्त्रीत्रयले पछिल्लो समय बैंकिङ प्रणालीको अस्वस्थ्य प्रतिस्पर्धा र तरलता संकट बढ्दै गएको बताउनुभएको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरेर पूर्वअर्थमन्त्रीहरु विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे र डा युवराज खतिवडाले तरलताको संकट भयावह हुँदै गएको बताउनुभएको छ । समग्र वित्तीय प्रणालीमा लगानीयोग्य रकमको चरम अभाव छ ।

व्यवसायीले आवश्यक सामानको पनि एल।सी खोल्न पाएका छैनन् । चर्को व्याजदरमा समेत उत्पादनमा लगानीका लागि पूंजी प्राप्त नहुने अवस्था छ । हुण्डी, तस्करी, घुसखोरी, राजस्व चुहावट र कमिसनतन्त्र मौलाउदै जाँदा अर्थतन्त्रवाट पैसा हराउँदै गएको बताउनुभएको छ ।

उहाँहरुको वक्तव्यमा बाह्य क्षेत्र सन्तुलन सङ्कटग्रस्त हुँदै गएको, यो आर्थिक वर्ष देशको आयात अनियन्त्रितरुपमा बढेर आठ महिनामा करिब रु १५ खर्ब पुगिसकेको र अहिलेकै अवस्था कायम रहेमा वर्षभरिमा रु २२ खर्बभन्दा बढीको आयात हुने स्थिति रहेको, बढ्दो आयातले उपभोग बढाउने कामबाहेक उत्पादनमा कुनै योगदान नगरेको भन्दै समयमै सोच्न सरकारलाई आग्रह गर्नुभएको छ ।

हाल व्यापार घाटा बढेको र अहिलेकै अवस्था कायम रहे यो आर्थिक वर्षको अन्त्यसम्ममा व्यापार घाटा रु २० खर्ब नाघ्ने अनुमान पनि उहाँहरुले गर्नुभएको छ । उहाँहरुले गभर्नर महाप्रसाद अधिकारीमाथि गरिएको निलम्बनको निर्णयको विरोध पनि गर्नुभएको छ ।

Ad