गभर्नर अधिकारीमाथि छानविन गर्न पूर्व न्यायाधीश पुरुषोतम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति समेत बनेको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ । गभर्नर अधिकारी एमाले अर्थमन्त्री युवराज खतिवडाको पालामा नियुक्ति भएका थिए । उनलाई विहीबार बसेको मन्त्रीपरिषदको बैठकले हटाएको जनाइएको छ । उद्यपी उक्त सूचना भने शुक्रबार साँझ मात्रै बाहिर ल्याइएको छ । उनीमाथि लागेका मुख्य आरोपहरु यस्ता छन् ।
- अनुशासनहीन काम गरेको ओरोप
- संस्थाको गोपनीयता कायम गर्न नसकेको
- गोप्य कुराहरु चुहाएको
- अर्थमन्त्रीविरुद्ध लागिपरेको
- अर्थतन्त्र ध्यस्त पार्न सक्रिय भएको
- विदेशबाट रकम आउन रोक लगाएको