
बैंकिङ खबर/ मञ्जुश्री फाईनान्स लिमिटेडले काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. १४, कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ ।
मञ्जुश्री फाईनान्स लिमिटेडका संस्थापक अध्यक्ष तथा नेपाल सरकारको पूर्व मुख्य सचिव दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र काठमाडौं महानगरपालिका १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा उक्त शाखा कार्यालयको उद्घाटन गर्नुभएको छ ।
२०७८ साल पौष मसान्तसम्म रु. १ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिवेन्चर जारी गरेको राष्ट्रिय स्तरको यस फाईनान्सले रु ११.६३ अर्व निक्षेप संकलन गरि रु ११.०२ अर्व कर्जा परिचालन गरेको छ ।