Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंकिङ कसूर मुद्दामा फरार व्यक्ति पक्राउ

२०७८ चैत्र २४ गते


बैंकिङ खबर/ प्रहरीले काठमाडौंबाट बैंकिङ कसूर मुद्दामा फरार एक जनालाई पक्राउ गरेको छ। झापा गौरदह नगरपालिका–५ बस्ने ५१ वर्षीय उपेन्द्र ढुंगानालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
प्रहरीले ढुंगानालाई बिहीबार धुम्बराहीबाट पक्राउ गरेको हो।

प्रहरी उपरीक्षक कोइरालाका अनुसार पुस २२ गते उच्च अदालत विराटनगरको इजलासले ढुंगानालाई बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। उनीमाथि १७ लाख ठगी गरेको आरोप छ।
ढुंगानालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमक पठाएको जनाइएको छ।

Ad