
बैंकिङ खबर/ व्यवसायी पृथ्वीबहादुर शाहले अमेरिकाबाट १२ लाख डलर अर्थात् १४ करोड रुपैयाँ ल्याउन खोज्दा विभिन्न दलालहरूले तीन करोड रुपैयाँ घुस मागेको बताउनुभएको छ ।
बिहीबार पत्रकारसम्मेलन गर्दै उहाँले राष्ट्र बैंकका आधिकारीहरूलाई पैसा दिएर काम गरिदिन्छौं भन्दै विभिन्न दलालहरूले आफुसँग घुस मागेको बताउनुभयो । उहाँले चर्चामा रहेजस्तो ४० करोड नभइ १४ करोड मात्रै भएको बताउनुभयो ।
विगत दुई वर्षमा आफ्नो आर्थिक कारोबार डामाडोल भइ ६० जना कर्मचारीलाई तलब दिन नसक्ने स्थितिमा पुगेको पनि उहाँले बताउनुभयो । आफ्नो सम्पूर्ण चलअचल सम्पत्ती बेचबिखन गरेर कारोबारलाई निन्तरता दिएको जानकारी दिनुभयो ।