Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सिंगापूरबाट एक करोड डलर आयात गर्दै राष्ट्र बैंक, बैंकलाई पनि अनुमति दिने तयारी

२०७३ भाद्र ३० गते

dollorबजारको डलर अभाव कम गर्न नेपाल राष्ट्र बैंकले अल्पकालीन उपाय अपनाउने भएको छ । नेपाल राष्ट्र बैंकले सिंगापुरबाट कार्गोमार्फत डलर ल्याउने निर्णय गरेको हो । सिंगापुरको सीआईएमबी बैंकमा राष्ट्र बैंकको नाममा रहेको खाताबाट नेपालमा कार्गो गरेर एक करोड डलर ल्याउन लागिएको हो । डलर एक साताभित्रमा नेपाल आइपुग्नेछ । 

पछिल्लो दुई महिना नेपाली बजारमा नगद डलर अभाव चुलिएको छ । यसै तथ्यलाई मध्यनजर गर्दै राष्ट्र बैंकले पहिलोपटक कार्गो गरेर डलर आयात गर्न लागेको हो । यसअघि, राष्ट्र बैंकले डलर बिक्री गरेर भारु आयात गर्दै आएको थियो 

बैंकहरुलाई पनि डलर आयातको अनुमति
राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई पनि डलर आयातका लागि सर्तसहित अनुमति दिने निर्णय गरेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा केही वाणिज्य बैंकले बजारमा देखिएको अभाव हटाउनका लागि डलर आयात गर्ने अनुमति मागेको थिए । तर, राष्ट्र बैंकमा आफैँ डलर खरिद गर्ने कि बैंकहरूलाई डलर आयात गर्न दिने भन्ने विषयमा विवाद हुँदा कुनै निर्णय हुन सकेको थिएन ।