गुडविल फाईनान्स कम्पनीले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस वितरण गर्ने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट उक्त अनुपातमा बोनस दिन लागेको कम्पनीले वोनसपछि ६० प्रतिशत हकप्रद समेत दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गराउन कम्पनीले आगामी असोज २० गने साधारणसभा बोलाएको छ ।
कम्पनीले राष्ट्र बैंकको निर्देशनअनुसार चक्तापुँजी पुर्याउन उक्त प्रस्ताव अघि सारेको हो । हाल ३६ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको २५ प्रतिशत अर्थात ९ करोड ७ लाख रुपैयाँबराबरको बोनस सेयर वितरण गरेपछि पुँजी ४५ करोड पुग्नेछ । उक्त ४५ करोड पुँजीको ६० प्रतिशत हप्रद जारी गरेपछि कम्पनीको पुँजी ७० करोडको हाराहारीमा पुग्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कम्पनीले ०७४ असार मसान्तसम्ममा चुक्तापुँजी ८० करोड रुपैयाँ पुर्याउनुपर्ने हुन्छ । कम्पनीले आफै पूँजी थपेर फाइृनान्स कम्पनीमा कायम रहने सोच बनाए पनि प्राप्ति र गाभ्ने, गााभिने विकल्प पनि अघि सार्दै साधारणसभामा प्रस्ताव लैजाने भएको छ ।