Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साढे आठ महिनामा बैंक, वित्तले राष्ट्र बैंकबाट लिए ५५ खर्ब रुपैयाँ सापटी !

२०७८ चैत्र १९ गते


बैंकिङ खबर/ साढे आठ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट ५५ खर्ब रुपैयाँ सापटी लिएका छन् । चालू आवको साढे आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले अहिलेसम्मकै अत्यधिक सापटी चलाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले १२ चैतसम्ममा रिपोमार्फत दुई खर्ब ७० अर्ब, आउट राइट पर्चेजबाट ५५ अर्ब ९१ करोड, ओभरनाइट रिपोमार्फत एक खर्ब ३३ अर्ब २९ करोड र स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत ५० खर्ब ५८ अर्ब रुपैयाँ पठाइएको हो ।

गत आर्थिक वर्षभरिमा भने बैंक तथा वित्तीय संस्थाहरूले राष्ट्र बैंकबाट मात्रै चार खर्ब ३८ अर्ब रुपैयाँ सापटी चलाएका थिए । गत आर्थिक वर्षमा अधिक तरलता भएका कारण राष्ट्र बैंकमा तीन खर्ब तीन अर्ब रुपैयाँ पार्क गरेका बैंकहरूले चालू आवमा भने ६० अर्ब रुपैयाँ मात्रै पार्क गरेका छन् ।