Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

चोभारमा नेपाल बैंकको राजस्व संकलन काउन्टर सञ्चालन हुने

२०७८ चैत्र १७ गते

बैंकिङ खबर/ नेपाल बैंक र भन्सार विभागबीच काठमाडौंको चोभार सुख्खा बन्दरगाहमा नेपाल बैंकको राजश्व काउन्टर स्थापना गर्नेगरी सम्झौता भएको छ । भन्सार विभागको तर्फबाट महानिर्देशक कमल प्रसाद भट्टराई र नेपाल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बिहीबार भन्सार विभागमा आयोजित एक समारोहमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सो सम्झौतापत्रमा भन्सार विभागको आवश्यकताअनुरुप बैंकले सरल र सहज तरिकाबाट राजस्व संकलनको कार्य संचालन गर्ने उल्लेख छ ।  सो अवसरमा भन्सार विभागका महानिर्देशक भट्टराईले नेपालको पहिलो बैंकसँग राजस्व कारोबारको विषयमा विगत लामो समयदेखि सम्वन्ध र सहकार्य रहेको बताउँदै यस सम्झौताले सहकार्यलाई थप उचाइमा पुर्याएको बिचार राख्नुभयाे । 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले अत्याधुनिक र नयाँ उर्जावान कर्मचारीहरुबाट संचालन भएको नेपालको पहिलो बैंक नेपाल बैंकलाई नै चोभार भन्सारको राजस्व संकलनको जिम्मेवारी प्रदान गरेकोमा भन्सार बिभाग प्रति आभार प्रकट गर्दै आगामी दिनमा अन्य भन्सार कार्यालयहरुमा पनि बैंकिङ् सेवा उपलब्ध गराउनेअवसर प्राप्त हुने नै छ भन्ने बिश्वास व्यक्त गर्नुभयो ।

उक्त समारोहमा भन्सार बिभागका उपमहा निर्देशक लगायतका कर्मचारीहरु र नेपाल बैंकको तर्फबाट अपरेशन बिभाग प्रमुखर मार्केटिङ्ग एवं रिसर्च डिभिजन प्रमुखलगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Ad