माछापुच्छ्रे बैंकले हकप्रद निष्काशनको प्रक्रिया अगाडि बढाएको छ । बैंकले हाल कायम पूँजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमतिका लागि धितोपत्रमा निवेदन दिएको हो । बैंकले एक सय रुपैयाँ अंकित दरका एक अर्ब ९३ करोड रुपैयाँ बराबरका एक करोड ९३ लाख कित्ता हकप्रद शेयर जारी गर्ने अनुमित माग गरेको हो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद निष्काशन गरेपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ७९ करोड रुपैयाँ पुग्नेछ ।
यस्तो छ आठ अर्ब पुँजी पुर्याउने योजना
जनता बैंक सँगको मर्जर तोडिएपछि बैंकले आगामी दुई वर्षभित्रमा बोनस र हकप्रद सेयर जारी गरेर आफैँ चुक्ता पुँजी ८ अर्ब पुर्याउने योजना सार्वजनिक गरेको थियो । जसअनुसार, पहिलो बर्ष १६ प्रतिशत दोस्रो बर्ष ११ प्रतिशत र तेस्रो बर्ष पनि ११ प्रतिशत बोनश बाड्नेछ । दुई चरणमा गरी बैंकले २ अर्ब ८५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । बैंकले पहिलो चरणमा २ बराबर १ का दरले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको र दोस्रो चरणमा ७ बराबर १ का दरले ९२ करोड १८ लाखको हकप्रद सेयर जारी गर्ने छ । पूँजीवृद्धिको योजनामा बैंकले मर्जर तथा एक्विजिशनको विकल्प समेत खुला राखेको छ ।