Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

आईपीओ जारी गर्दै टक्सार पिखुवाखोला हाइड्रोपावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

२०७८ चैत्र १३ गते


बैंकिङ खबर/ टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ४७ करोड ५२ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।

कम्पनीले जारीपुँजीको ४४ प्रतिशतले हुन आउने रकमबराबरको आईपीओ जारी गर्न लागेको हो । जसअनुसार कम्पनीले आयोजना प्रभावित, स्थानीय र सर्वसाधारणका लागि ४७ लाख ५२ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।
यसैगरी कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आइतबार टक्सार पिखुवाखोला हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। ८ मेगावाट क्षमताको आयोजना निर्माण गरेको कम्पनीले आयोजनाको निर्माण कार्य सम्पन्न गरी मिति २०७८ साल वैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेकोे छ।

Ad