२०७३ भाद्र २९ गते

हाथवे इन्भेष्टमेन्टको हकप्रद सेयर आउँदै

rights-issueहाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले १४ लाख ५९ हजार १ सय ६६ कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीको वार्षिक साधारण सभाबाट पारीत निर्णय अनुसार बोनश शेयर जारी पछि चुक्ता पूँजीको १ सय बराबर ९ दशमलव ७७९ अनुपातमा हकप्रद शेयर जारी गर्न लागेको हो । कम्पनीले ५० रुपैयाँ अंकित दरको हकप्रद असोज १४ गते देखि कार्तिक १९ गते सम्म हकप्रद निष्काशन गरिने जानकारी गराएको छ ।

दरखास्त दिन चाहने सेयरधनीहरुले हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको नाममा खिचिएको बरअ उबथभभ ड्राफ्ट र हकप्रद सेयर दरखास्त फारम कम्पनीको रजिष्टार्ड कार्यालय जमलमा बुझाउनुपर्नेछ । दरखास्त फारमका लागि कम्पनीमा नै सम्पर्क गर्नुपर्नेछ ।