Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

लुप नेटवर्क्सले आईपिओ निष्काशन गर्ने

२०७८ चैत्र ११ गते

बैंकिङ खबर/ लुप नेटवर्कस लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको हो । 

कम्पनीले रु.१००/- अंकित दरका ४,००,००० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित) साधारण शेयर सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले एनआईसी एशिया क्यापिटलले सुरु गरेको ‘आईडिया टु आईपिओ’ सेवा मार्फत आईपिओ निष्काशन गर्ने भएको हो ।

क्यापिटलले “IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापनकाल देखि आईपिओ जारी गर्ने चरणसम्म पुयाउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराइरहेको छ । 

Ad