Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

ग्लोबल आईएमई बैंकका सेयरधनीलाई १६ प्रतिशत वोनस

२०७३ भाद्र २९ गते
सेयर:

gimeग्लोबल आईएमई बैंकका सेयरधनीले १६ प्रतिशत बोनस शेयर पाउने भएका छन् । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस शेयर दिने भएको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्व ३८ करोड २२ लाख २३ हजार ९ सय ९८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको वैठकले उक्त निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भई साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । बोनश शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ७ अर्व १५ करोड ५ लाख ५० हजार ३ सय ४२ रुपैयाँ  पुग्ने छ ।