Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले ३ अर्ब ४५ करोड रुपैयाँ बैंक, वित्तमा लगानी गर्दै

२०७८ चैत्र ११ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा ३ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकको उपादन तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा २ अर्ब ७६ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ५१ करोड ७५ लाख रुपैयाँ र फाइनान्समा १७ करोड २५ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्नेछ ।

मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यसका लागि चैत १५ गते ५ बजेसम्म बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा इमेलमार्फत ब्याजदर प्रस्ताव पेस गर्नुपर्नेछ । लगानी २०७९ वैशाख ४ गतेदेखि २०८० वैशाख ४ गतेसम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ ।