Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

पुनरकर्जाको ब्याजदर बढ्यो(पूर्णपाठसहित)

२०७८ चैत्र ८ गते


बैंकिङ खबर/ पुनरकर्जाको ब्याजदर बढेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समीक्षामा पुनरकर्जाको ब्याजदर बढाउने घोषणा गरेको थियो ।

५ प्रतिशत ब्याजदरमा दिइरहेको पुनरकर्जालाई राष्ट्र बैंकले ७ प्रतिशत बनाउने घोषणा मौद्रिक नीतिको मध्यावधी समीक्षामा गरेको थियो ।
राष्ट्र बैंकले पुनरकर्जा बढाउने नीति कार्यान्वयन गर्नको लागि पुनरकर्जा कार्यविधि २०७७ मा संशोधन गर्दै ब्याजदर बढाएको थियो ।
कृषि तथा उद्योग क्षेत्रको विकासको लागि २ खर्व १२ अर्व ८८ करोड ननाघ्ने गरी पुनरकर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकेको छ ।

कोभिड–१९ को असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनरकर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले कोभिडबाट अति प्रभावित बाहेक व्यवसायलाई अब पुनरकर्जा सुविधा नदिने घोषणा गरेको छ ।

राष्ट्र बैंकले प्रति ग्राहक १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनरकर्जा बैंक तथा वित्तीय संस्थालाई दिनसक्ने उल्लेख गरेको छ ।