Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक तथा वित्तीय संस्थाको विदा सूची सार्वजनिक, २०७९ मा कुन–कुन दिन खुल्दैनन् (सूचीसहित)

२०७८ चैत्र ७ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वि.सं.२०७९ सालमा बैंक तथा वित्तीय संस्था विदा हुने सूची सार्वजनिक गरेको छ । विभिन्न ३४ प्रकारका चाडपर्व तथा महोत्सवका कारण मात्रै करिब ४४ दिन बैंकका कर्मचारीलाई विदा हुने भएको छ ।

तीमध्ये केही दिन सम्बन्धित समुदायका कर्मचारीका लागि मात्रै विदा हुनेछ । यस पटक दसैँको विदा ७ दिन परेको छ । असोज १० गते घटस्थापनाका दिन विदा छ भने १६ गते फूलपातीका दिनदेखि २१ गते द्वादशीका दिनसम्म बैंक कर्मचारीलाई विदा हुने भएको छ । त्यस्तै तिहारमा ५ दिन विदा दिइएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्म तिहार विदा छ । ५ वटा विदा भने सरकारले निर्णय गरेबमोजिम कायम हुने राष्ट्र बैंकले जनाएको छ ।

यीबाहेक प्रत्येक शनिबार विदा हुनेछ । वैशाख १ देखि कात्तिक १५ सम्म र माघ १५ देखि चैत मसान्तसम्म बिहान १० देखि साँझ ४ बजेसम्म बैंकिङ कारोबार हुनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने बिहान १० देखि साँझ ३ बजेसम्म बैंकिङ कारोबार हुने राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।