Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर

२०७८ चैत्र ६ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका दुई कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर भएको छ ।  बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुखको जिम्मेवारीमा रहेका कार्यकारी निर्देशक देवकुमार ढकाललाई बैंक सुपरीवेक्षण विभागमा सरुवा गरिएको छ । यस्तै नियमन विभागमा भने सुपरिवेक्षण विभाग प्रमुखको जिम्मेवारीमा रहेका डा. गुणाकर भट्टलाई  सरुवा गरिएको छ ।

बैंक सुपरिवेक्षण विभागले ‘क’ वर्गका बैंकहरुको मात्रै सुपरीवेक्षण गर्छ भने नियमन विभागलाई क, ख, ग र घ चारै वर्गका बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने अधिकार तोकिएको छ । सुपरिवेक्षण विभागबाट नियमनमा पुगेका भट्ट राष्ट्र बैंकका प्रवक्ता समेत हुन् भने नियमनबाट सुपरीवेक्ष्ण पुगेका ढकाल पूर्व प्रवक्ता हुन् ।