नेपाल राष्ट्र बैंकले पुनः दुई अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो जारी गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि बुधबार सो परिमाणमा रिभर्स रिपो विक्रि गर्न लागेको हो । बुधबार दिउँसो ३ बजे अनलाइन बिडिङ सिस्टमबाट उक्त रिभर्स रिपो विक्रि गरिने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा बैंक तथा फाइनान्स कम्पनीहरु सहभागी हुन सक्ने समेत राष्ट्र बैंकले प्रष्ट पारेको छ । सात दिने अवधिको उक्त रिभर्स रिपो आगामी असोज ५ गते परिपक्व हुनेछ ।
अनलाइल बोलकबोलका लागि यहाँ क्लिक गर्नुहोस् ।



