Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले २ अर्ब रुपैयाँको नागरिक बचतपत्र जारी गर्दै, १० प्रतिशत ब्याजदर पाइने

२०७८ चैत्र १ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दुई अर्ब रुपैयाँ बराबरको ‘नागरिक वचतपत्र २०८३ ‘क’ विक्री गर्ने भएको छ । राष्ट्र बैंकले पाँच वर्षे अवधिका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ब्याजकर लाग्ने गरी नागरिक वचतपत्र विक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

बचतपत्रमा चैत १ गतेदेखि चैत २० गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । जसको निष्काशन चैत ३० गते गरिने राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको सावाँ फिर्ता २०८३ चैत ३० गते हुने छ । प्रत्येक छ महिनामा व्याज दिइने उक्त बचतपत्र खरीद गर्न घटीमा १० हजार र बढीमा कुल निष्काशित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन पाइनेछ ।

उक्त वचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । आफुलाई पायक पर्ने वाणिज्य बैंकहरू,बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयहरूबाट बचतपत्रको व्याज लिन सकिनेछ ।