५० प्रतिशत अर्थात दुई बराबरको एकको अनुपातमा हकप्रद सेयर जारी गर्न लागेको मितेरी डेभलपेमन्ट बैंकले बुक क्लोजको मिति तय गरेको छ । बैंकले हकप्रद प्रयोजनका लागि असोज ६ गदेखि सेयरधनी पुस्तिका बन्द गरिने जानकारी गराएको हो । जसअनुसार, मितेरीको हकप्रद शेयर भर्न इच्छुक लगानीकर्ताले असोज ५ गतेसम्म शेयर खरिद गरिसक्नु पर्नेछ ।
मितेरीले १० करोड ५६ लाखरुपैयाँ बराबरको १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्दैछ । मितेरीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल (साविकको ग्रोमर मर्चेन्ट बैंकर) रहेको छ । २१ करोड १२ लाख ७४ हजार रुपैंया चुक्ता पूँजी रहेको बैंकको हकप्रद पश्चात पूँजी ३१ करोड ६८ लाख रुपैयाँ पुग्नेछ ।



